Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नेकपा एमाले दुहवी नगर स्तरीय प्रशिक्षण सम्पन्न

एक्सन खबर
फागुन, ३०, २०७८


नेकपा एमाले दुहवी नगर स्तरीय प्रशिक्षण सम्पन्न

सुनसरी । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेले चुनाव लक्षित कार्यक्रम तिब्रताका साथ अगाडी बढाएको छ । सोही क्रममा सोमबार नेकपा एमाले दुहवी नगर कमिटीले दुहवीमा नगरस्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ ।

प्रशिक्षण कार्यक्रमलाई नेकपा एमालेकी केन्द्रीय सदस्य नेतृ भगवती चौधरीले प्रशिक्षण दिएकी छन् । सोक्रममा पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले समाजवादको अवधारणा, सोभियत संघबाट कसरी कम्युनिस्टको पतन भयो ? आम मानिसको आवश्यक्ता र चाहना कसरी फरक हुन्छ भन्ने अब्राहम मस्लो सिद्धान्तका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिइन् ।

साथै नेतृ चौधरीले नेकपा एमालेले स्थानीय तहमा निर्वाचनमा जित हासिल गर्न लिएको रणनीति, स्थानीय जनताका समस्या, आवश्यक्ताका बारेमा सहभागीलाई बताएकी छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष रेवती भण्डारीले संगठनको अवधारणा, चुनावी अभियानमा संगठनको परिचालन बारे छलफल गरेका थिए भने, रमजान अलीले दक्षिणपन्थी अवसरवाद, तथा प्रतिकृयावादी बारेमा बताएका थिए ।

प्रशिक्षण कार्यक्रममा दुहवी नगर कमिटीका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सुनसरी ३ को एक नगरपालिका दुई गाउँपालिकामा नेकपा एमालेले घोषित स्थानीय निर्वाचन र आगामी प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक जित हासिल गर्नेगरी संगठन सुदृढीकरण, वडा, गाउँ र नगरकमिटी गठन तथा प्रशिक्षणका कार्यक्रमहरु गर्दै आएको छ ।













0 प्रतिकृया