Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

एक्सन खबर
चैत, १, २०७८


राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।

अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

यसअघि सरकारले स‌ंघीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे । मंगलबार बसेको बैठकले म‌ंगलबार मध्य राति १२ बजेदेखि संसदकाे चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियाे ।

सरकारकाे सिफारिसमा राष्ट्रपतिले संसदकाे अधिवेशन अन्त्य गर्ने स‌ंवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमाेदन गरेको थियो । 













0 प्रतिकृया