Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


प्रहरीकाे एआईजी बढुवा सिफारिसमा पहिलो नम्बरमा पन्त

एक्सन खबर


प्रहरीकाे एआईजी बढुवा सिफारिसमा पहिलो नम्बरमा पन्त

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआईजी) को नाम सिफारिस भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन् ।

 दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।













0 प्रतिकृया