Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


केपी ओली जस्तो राष्ट्रवादी नेता पाइन’ अन्सारी

एक्सन खबर
चैत, २, २०७८


केपी ओली जस्तो राष्ट्रवादी नेता पाइन’ अन्सारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र स्वर्गीय कृष्णप्रसाद भट्टराई जत्तिको देश र जनताप्रति इमान्दार नेता आजसम्म पैदा नभएको बसरुद्धिन अन्सारीले बताएका छन् । देश र जनताका लागि प्रतिबद्ध नेताहरु नहुँदा मुलुकको चाहेजस्तो समृद्धि हासिल गर्न नसकेको भन्दै नेकपा एमालेका नेता अन्सारीले अबको निर्वाचनमा नेकपा एमालेलाई स्पष्ट बहुमत दिएर केपी ओलीकै नेतृत्वमा मुलुकको विकास हुने बताए ।

मंगलबार नेकपा एमालेको अनेरास्ववियू सप्तरी–काठमाडौं सम्पर्क कमिटीले काठमाडौंमा आयोजन गरेको कार्यक्रममा बोल्दै अन्सारीले पार्टी अध्यक्ष केपी शर्मा ओली वाहेक कुनैपनि नेताहरुले आफ्नो सम्पत्ति राष्ट्रको लागि घोषणा गर्न नसकेको बताए । ‘मैले आजसम्म स्वर्गीय कृष्णप्रसाद भट्टराई र बर्तमान नेकपा एमाले केपी शर्मा ओली जस्तो राष्ट्रको लागि सोच्ने, काम गर्ने नेता भेटिन ।’ ओलीसँग देश विकासको स्पष्ट उद्देश्य र लक्ष्य समेत भएको अन्सारीले दावी गरे ।

उनले केपी ओलीमा जस्तो राष्ट्रवाद अरु कुनै नेतामा समेत नभएको स्पष्ट पारे । ‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढेर राष्ट्रवादको खोक्रो नारा लगाउनेहरु धेरै छन् । तर, केपी ओलीले मधेश नाकावन्दीको बेला भारतलाई नाकावन्दी नखुलेसम्म भारत भ्रमण नै नगर्ने अडान लिए । फलस्वरुप नाकावन्दी लगाउनेहरु नै ओलीसामु झुक्नुपर्यो ।’ नेता अन्सारीले भने । दुई÷दुई पटक किड्नी प्रत्यारोपण गर्दापनि ओली आत्मविस्वास र दृढ आकांक्षाले बाँचेको बताए ।

कुनैबेला केपी ओलीलाई गाली गरेर धेरै मधेशका नेताहरु सत्तामा पुगेको बताउँदै मधेशमा नेकपा एमालेलाई बहिस्कार सम्म गरेपनि अहिले मधेश प्रदेशमा केपी ओली र नेकपा एमालेको लहर चलेको दावी गरे । विगतमा निर्वाचनमा मधेशका नेताहरुले मधेशका जनतालाई झुट्टा आश्वासन बाँडेको चर्चा गर्दै अन्सारीले केपी शर्मा ओली मधेश झर्दा आफुलाई मधेशको महिसा भन्ने नेताहरु तर्सिएको जिकीर गरे । ‘अस्तिभर्खर केपी ओली विरगञ्जको गाउँगाउँ जाँदा मधेशका जनताहरु उहाँको अनुहार मात्र हेर्न पाएपनि हुन्थो भन्दै सहभागी भए । त्यो देखेर मधेशका नाममा राजनीति गर्नेहरु तर्सिए ।’ विरगञ्जमा नेकपा एमालेमा प्रवेश गर्ने अभियान नै चलेको अन्सारीले जनाए ।



प्रकृतिले नेपाललाई विश्वकै सुन्दर र धनी देश बनाएपनि भिजन भएका नेताहरु नहुँदा जनताले दुखः पाएको भन्दै मुलुकमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए । विश्वका धेरै देशहरुमा स्वास्थ्य र शिक्षा निःशुल्क भएको बताउँदै अन्सारीले आफु निजी क्षेत्रको मेडिकल कलेज सञ्चालक भएपनि जनताले सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्छ भन्ने पक्षमा रहेको दावी गरे । ‘म २÷२ वटा निजी कलेजको सञ्चालक भएपनि राज्यले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुपर्छ भन्ने मान्यता राख्छु ।

आफुले बाल्यकालमा धेरै दुखः भोगेको प्रसंग निकाल्दै विद्यार्थीहरुलाई दुखःसँग हार्न नहुने सुझाव दिए । शिक्षाको महत्व दर्शाउँदै उनले शिक्षा जस्तो ठूलो सम्पत्ति केही नभएको जसलाई कसैले खोस्न नसक्ने पनि बताए । ‘हाम्रो पालामा भन्दा अहिले शिक्षा धेरै सजिलो छ । हामीले बोरामा चड्डी राखेर, कट्टु र चप्पल लगाएर स्कुलको नाममा स्याल कुद्ने ठाउँमा पढ्यौं । बाबुआमाले सबै सम्पत्ति बेचेर पढाउनु भयो । अहिले त्यो परिस्थिति छैन । तपाईहरुलाई धेरै सजिलो छ ।’ उनले भने ।

विद्यार्थीले स्पष्ट रुपमा लक्ष्य लिएर अगाडी बढे सफलता हासिल गर्न सकिने अन्सारीको भनाई थियो । पढ्न चाहने विद्यार्थीदाई पैसाले रोक्न नसक्ने बताउँदै अन्सारीले विश्वका सबै धनीहरुले शुन्यबाटै संघर्ष गर्दै सफलता प्राप्त गरेको बताए ।













0 प्रतिकृया