Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


बसन्तपुरमा दुई वर्षपछि फर्किएको होलीले ल्याएको खुसी (फोटो फिचर)

एक्सन खबर
चैत, ३, २०७८


बसन्तपुरमा दुई वर्षपछि फर्किएको होलीले ल्याएको खुसी (फोटो फिचर)

काठमाडौं । रंगहरुको पर्व फागु पुर्णिमाको पहिलो दिन काठमाडौं उपत्यकामा विशेष रह्यो । कोरोना महामारीका कारण २ वर्ष फागु मनाउन बञ्चित सर्वसाधारण यसपल्ट खुलेर घर बाहिर निस्किए । हरेक वर्ष होलीको दिन राजधानीको बसन्तपुरमा विशेष आकर्षण हुने गरेको छ । यो वर्ष न्यूरोड बसन्तपुर गएर होली खेल्नेहरु विगतका वर्षहरुमा भन्दा बढी देखिए ।

योसँगै टुंडिखेल, भृकुटीमण्डप, नयाँ बानेश्वर, लगनखेल लगायतका स्थानमा पनि होली खेल्नेहरुको भिडभाड छ । विगतका होलीहरु भन्दा योपल्टको होली सोहार्दपूर्ण र हार्दिकतापूर्ण भएको युवाहरुको भनाई छ ।

बसन्तपुरमा होली खेल्न भेला भएका युवायुवतीहरुले एक अर्कामा हार्दिकताका साथ रंग लगाएका छन् । बसन्तपुरमा आयोजित सांगितिक कार्यक्रममा युवायुवतीहरु मज्जाले झुमेका देखिन्थे ।

आज मुलुकका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएको छ । भोली तराईका जिल्लाहरुमा धुमधामका साथ होली मनाउने गरिन्छ । होली पर्व हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गरेपनि पछिल्ला वर्षहरुमा गैरहिन्दु धर्मावलम्बीहरु समेत सहभागी भएर मनाउने गरिएकाले यो पर्वलाई हार्दिकता, एकता र भाइचाराको पर्वका रुपमा लिन थालिएको छ ।

हेर्नुहोस् थप फोटोहरुः


























0 प्रतिकृया