Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


दुहवी २ मा नेकपा एमालेको कार्यालय खुल्यो

एक्सन खबर
चैत, ५, २०७८


दुहवी २ मा नेकपा एमालेको कार्यालय खुल्यो

सुनसरी । सुनसरी क्षेत्र नं. ३ अन्तरगत पर्ने दुहवी नगरपालिकामा नेकपा एमालेले आफ्नो चुनावी गतिविधि बढाउँदै गएको छ । सोही क्रममा आज दुहवी नगरपालिका वडा नं. २ मा पार्टी कार्यालय स्थापना गरिएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य नेतृ भगवती चौधरीले उक्त वडा कार्यालय उद्घाटन गर्दै मुलुकलाई सहि दिशानिर्देश गर्न नेकपा एमाले पुनः एकपल्ट सरकारमा जानुपर्ने बताइन् । दुहवीसँगै सुनसरी क्षेत्र नं. ३ को समग्र विकास र जनताको जिवनस्तर उकास्ने गरी कार्य गर्न पनि एमालेलाई वडादेखि नगर, क्षेत्रसम्मै विजयी बनाउनु पर्ने बताइन् ।



सो क्रममा नेतृ चौधरीले नेकपा एमाले कार्यकर्ताहरुलाई जनताका घरघरमा गएर उनीहरुका गुनासा र समस्याहरु सुन्न तथा आफ्नो बलबुताले हल गर्न अनुरोध पनि नगरिन् । सुनसरी क्षेत्र नं. ३ कृषि, उद्योग, पर्यटन सबै क्षेत्रले संभावनै संभावना भएपनि कुशल नेतृत्व नपाएको चर्चा गर्दै अब जनताले विकासप्रेमी नेता छान्नुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमालेका सांसद निलम बस्नेत, विनय पोखरेल, रमजान अली लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसगै दुहवीमा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।  













0 प्रतिकृया