प्रधानमन्त्री देउवा पूर्वी नेपाल भ्रमणमा
एक्सन खबर
काठमाडाैं । प्रधानमन्त्री शेरबादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा माेरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् ।
उनले सुन्दरहरैचा नगरपालिकाकाे प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ माेटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने सडककाे साप्सुखोलामा पुल बनेकाे छ ।
स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिएसँगै सरकारले विकास निर्माण शिलान्यास, उद्घाटन समाराेह जस्ता कार्यक्रमलाइ प्राथमिकता दिएकाे हाे ।
0 प्रतिकृया