Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


प्रेमबहादुर सिंहको पार्टी एमालेमा विलय, करिश्मा पनि एमालेमा

एक्सन खबर
चैत, ८, २०७८


प्रेमबहादुर सिंहको पार्टी एमालेमा विलय, करिश्मा पनि एमालेमा

काठमाडौं । पूर्वमन्त्रि प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो । उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए । उनीसँगै अभिनेत्री करिश्मा मानन्धर समेत एमाले प्रवेश गरेकी छिन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई  नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी थिइन् । तर, केही समय राजनीतिबाट निष्कृय रहेकी करिश्मा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् ।

ओलीकाे भाषण सुनेर थाक्दिनँः करिश्मा

एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएपनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

‘मैले एमाले नै किन रोजें ? पहिलो कारण–अध्यक्ष ओली हो । उहाँलाई फुर्काउन भनेको होइन । जनतालाई भिजन देखाउने, भविष्य सुनिश्चित गर्ने पात्र हो । सबभन्दा बढी उहाँको एनर्जी देखेर ताजुब भएको छु । अध्यक्ष ओलीको कुरा सुनेर थाक्दिनँ । अधिकांश भूभागमा जाँदा उहाँको गुनगान गाएको हुन्छु,’ मानन्धरले भनिन् ।

एमाले प्रवेश गर्नुको दोस्रो कारणबारे करिश्माले एमालेले परिवर्तन र समृद्धिको रियल एजेण्डा बोकेको बताइन्। साथै उनले आफू कुनै पदको लागि सौदाबाजी गरेर नआएको बताइन् । ‘मलाई यो चाहियो भन्ने, कुनै सौदाबाजी होइन । कुनै माग छैन । म एउटा नितान्त एमालेको कार्यकर्ता भएर काम गर्छु,’ उनले भनिन्, ‘जिम्मेवारी आए पछि पर्दिनँ ।’


















0 प्रतिकृया