Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् एजेण्डा

एक्सन खबर
चैत, ९, २०७८


आज बस्ने एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् एजेण्डा

काठमाडाैं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बसिरहेकाे छ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा सुरू भएकाे छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने छ  । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।

बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।













0 प्रतिकृया