Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै नेकपा एमाले

एक्सन खबर
चैत, ९, २०७८


स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै नेकपा एमाले

काठमाडाैं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ ।

घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।

घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको  प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ ।

एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ ।

तर, कहिलेसम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुंगो छैन ।  जबकि अबको ३० औं दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ । आगामी ५१ औं दिन अर्थात् ३० वैशाखमा मतदान हुनेछ ।













0 प्रतिकृया