Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ

एक्सन खबर
चैत, ९, २०७८


नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा पर्वतका गुरुङलाई नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी कांग्रेस सभापति देउवाले नेपाल विद्यार्थी संघकाे तदर्थ समिति अध्यक्ष पनि चयन गरेका छन् । नेविसंघकाे अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका छन् ।













0 प्रतिकृया