‘नेपाली कांग्रेस पार्टी शेरबहादुर देउवाकाे वपाैति हैन’ (फाेटाे फिचर सहित)
एक्सन खबर
काठमाडौं । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन् । प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।
केन्द्रीय समितिको बैठक सुरु हुनु अघिदेखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट डा. शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा विद्यार्थी तथा तरूण दलका कार्यकर्ताहरूले ‘नेपाली कांग्रेस पार्टी शेरबहादुर देउवाकाे वपाैति हैन, तानाशाही शेरबहादुर देउवा मुर्दावाद लगायतका नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका छन् ।
यसैविच डा.शेखर काेइराला पक्षधर नेविसंघ र तरूण दलले चैत्र १४ गते समानान्तर भेला बाेलाएकाे छ ।
0 प्रतिकृया