Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


चुनाव चिह्नको रङ बदल्ने कुरा सामान्य हुँदै होइन : ओली

एक्सन खबर
चैत, १३, २०७८


चुनाव चिह्नको रङ बदल्ने कुरा सामान्य हुँदै होइन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा चुनाव चिह्नको रङ बदल्ने विषय सामान्य नभएको बताएका छन् ।

आइतबार बसेको स्थायी कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै ओलीले निर्वाचन चिह्नको रंग बदल्ने जस्तो महत्वपूर्ण विषयमा आयोगले दलहरुसँग परामर्श नगरेको बताए । 'निर्वाचन आयोगले विभिन्न विषयमा समय–समयमा दलहरुसँग परामर्श गर्ने गरेको छ । तर, यति महत्त्वपूर्ण विषयमा परामर्श गर्नु नपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने कुरा सही होइन' उनले भने ।  

उनले मतपत्रमा रंग बदल्ने कुरा एउटा दल विशेषलाई, सत्ता गठबन्धनको दललाई फाइदा पुग्ने गरी गरिएको आरोप लगाए । निर्वाचनमा पहिले प्रचलित रङ परिवर्तनका लागि दलहरुको सहमति अनिवार्य हुने ओलीले भने । 















0 प्रतिकृया