Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


'उपाय नभएर पछि लागेका'लाई कांग्रेसले समेत हेप्यो

एक्सन खबर
चैत, १४, २०७८


'उपाय नभएर पछि लागेका'लाई कांग्रेसले समेत हेप्यो

कपिलवस्तु । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेकाे बताएका छन् । कपिलवस्तुमा साेमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेकाे दावी गरे ।  

सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको आरोप पनि लगाए ।  

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्न पनि बाँकी राखेनन् । नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उनकाे दावी छ । ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको बताए ।













0 प्रतिकृया