Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


विप्लव नेतृत्व : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

एक्सन खबर
चैत, १५, २०७८


विप्लव नेतृत्व : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ ।

कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो ।

दल दर्ता गरेर चुनावमा सहभागी नहुने निर्णय गर्दै नेकपाले तर, प्रगतिशील शक्तिलाई समर्थन गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए । निर्वाचन आयोगमा दर्ता नगर्ने तर देशभक्त, प्रगतिशील शक्तिलाई समर्थन गर्ने नीति पार्टीले लिने निर्णय गरिएको उनको भनाइ छ ।

बैठकमा महासचिव विप्लवले निर्वाचनमा सहभागी भएर उपयोग गर्नुपर्ने राजनीतिक प्रस्ताव पेस गरेका थिए तर धेरै केन्द्रीय नेता यसको विपक्षमा उभिएका थिए । उनले पेस गरेको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरिएको हो ।













0 प्रतिकृया