Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिने लोसपाको निर्णय

एक्सन खबर
चैत, १७, २०७८


गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी  बैठक आज सकिएको हो । बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

'आगामी स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार स्थानीय तहलाई दिने निर्णय भएको छ' उनले भने । बैठकमा नेताहरुले पार्टीलाई फाइदा पुग्ने गरि चुनावमा तालमेल गर्नु पर्ने निर्णय गरेको थियो ।













0 प्रतिकृया