Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोगः मोदी

एक्सन खबर
चैत, १९, २०७८


नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोगः मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रगति र विकासको यात्रामा भारतको सदा सहयोग रहने बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बताएका हुन् ।

‘नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग हुनेछ ।’ माेदीले भने । प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध विश्वमै अद्धितीय रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध सदियौँकालदेखि रहेको पनि उनले बताए ।
 
 पञ्चेश्वर परियोजना गेम चेन्जर

भारतीय प्रधानमन्त्री मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताउँदै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउने र यस परियोजनाले यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने विश्वास व्यक्त गरे ।

माेदीले विभिन्न  परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचार विमर्श गरेको बताए । उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको माेदीकाे भनाइ छ ।

यस्तै मोदीले नेपालबाट भारतमा विद्युत निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् । विद्युत निर्यातले नेपालको अर्थतन्त्रमा सुधार आउने समेत मोदीले बताए।

‘भारतीय कम्पनीद्वारा नेपालको विद्युत परियोजनामा अझ धेरै साझेदारीका विषयमा सहमति व्यक्त गरेका छौं,’ मोदीले हैदरावाद हाउसबाट भने, ‘अब नेपालले भारतका लागि विद्युत निर्यात गर्दैछ, यसले नेपालको आर्थिक प्रगतिमा योगदान दिनेछ ।’

नेपालमा ‘रुपे’को कार्डको सुरुवातपछि आर्थिक कनेक्टीभिटी नयाँ अध्याय सुरु भएको जनाउँदै मोदीले अरु नेपाल प्रहरी प्रतिष्ठान, नेपालगञ्जको एकीकृत चेकपोष्ट र रामायण सर्किटले दुवै देशलाई थप नजिक जोड्ने उनले जनाए ।

देउवासँग व्यापार र क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड गरेको उल्लेख गर्दै जयनगर–कुर्था रेललाइनको उद्घाटन सुरुवाती मात्रै भएको मोदीको भनाइ छ ।

देउवाले मागे थप तीनवटा नयाँ हवाई रुट

यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा देउवाले भारतसँग नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरेका छन् ।

‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गर्यौं,’ देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’ प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद पनि दिए ।

भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए । उनले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको भनाई उनको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भने ।













0 प्रतिकृया