'पाँच दलीय गठबन्धन टालाटुली बाटुल कति राम्रा पुतली’
एक्सन खबर
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।
'पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,' ओलीले भने ।
पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भने, 'स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।'
माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।
भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
0 प्रतिकृया