Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


चुनावी कार्यक्रम जतिबेला पनि गर्न नपाइने, प्रहरीलाई जानकारी गराउनु पर्ने

एक्सन खबर
चैत, २३, २०७८


चुनावी कार्यक्रम जतिबेला पनि गर्न नपाइने, प्रहरीलाई जानकारी गराउनु पर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसारसहितका कार्यक्रमका लागि समय तोकेको हो ।

आयोगले जारी गरेको निर्देशनको १७ औं नम्बरमा यस्ता कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो । 'जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने' आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ।

त्यस्तै, स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रम गर्दा जानकारी गराउनु पर्ने भएको छ । दलहरुको प्रतिबद्धता एवं निर्देशनमा अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको हो ।

जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।

निर्वाचन आयोगको निर्देशनमा भनिएको छ 'स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने । जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’

त्यस्तै आयोगले जुलुस वा आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेद्वारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नहुने निर्देशनमा उल्लेख गरेको छ ।













0 प्रतिकृया