Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई ज्यान मार्ने धम्की

एक्सन खबर


वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई ज्यान मार्ने धम्की

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई ज्यान मार्ने धम्की आएको छ । प्रतिष्ठानमा आन्दोलनरत पक्षबाट बम प्रहार गर्नेसम्मको धम्की आएको उपकुलपति डा. गिरीले बताए ।

प्रतिष्ठान सुद्धिकरणको नाममा आन्दोलनरत पक्षका केही व्यक्तिहरुले लगातार फोन तथा एसएमएसबाट आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै उपकुलपति डा. गिरीले इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत दिएका छन् ।

बुधबार उपकुलपतिले इलाका प्रहरी कार्यालय धरानमा आफुलाई आएको म्यासेजहरुको स्क्रिनसटसहित जाहेरी दिएका छन् । डा. गिरीका अनुसार केही दिनदेखि उनलाई विभिन्न व्यक्तिहरुले धम्कीपूर्ण भाषामा फोन गर्ने, एसएमएस पठाउने गरेका थिए । हिजो मात्रै उपकुलपति डा. गिरीलाई एक दर्जन बढी मोवाइलबाट फोन तथा म्यासेजहरु गरिएका छन् । डा. गिरीले प्रहरीलाई बुझाएको मोवाइलको स्क्रिनसट अनुसार फोन तथा म्यासेज गर्नेहरुले ‘wake up VC, Save BPKIHS’ भन्दै विभिन्न धम्की दिएका छन् ।


डा. गिरीको घर अगाडी बम पड्काउने सम्मको धम्की आउन थालेपछि उनले जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी समक्ष समेत जानकारी गराउँदै जाहेरी दिएका छन् । ‘प्रतिष्ठानमा आन्दोलन गर्न काठमाडौंबाट आएका केही फटाहाहरु छन् उनीहरुले मेरो दिमागमा बम पड्काउने अरे ! यिनीहरु आतंककारीको भाषा बोल्दैछन् । मैले प्रहरीमा जाहेरी दिइसकेको छु ।’ डा. गिरीले भने ।

डा. गिरीले आफु कुनैपनि डर त्रास र धम्कीबाट नभाग्ने बताउँदै कायरहरुले आतंककारीको भाषा प्रयोग गरेको जिकीर गरे । साथै, आफुले उक्त धम्की विरुद्ध कानुनी सल्लाह पनि लिइरहेको बताउँदै चुप लागेर नबस्ने पनि बताए ।

प्रतिष्ठानमा आफुले २ वर्षमा उल्लेख्य सुधार र प्रगती गरेको बताउँदै डा. गिरीले हिजो नै २ वर्षे उपलब्धी सार्वजनिक गरेका थिए । कोभिड–१९ को महामारीका बावजुद आफुले प्रतिष्ठानको स्वास्थ्य सेवा र प्रशासनिक क्षेत्रमा उल्लेख्य सुधार गरेको डा. गिरीको दावी छ ।  डा. गिरीलाई फाेन तथा एसएमएसबाट धम्की दिइएकाे स्क्रिन सट एक्सन खबरसँग सुरक्षित रहेकाे छ ।













0 प्रतिकृया