Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


कानुनी मन्त्रीमा अधिवक्ता गोविन्द प्रसाद शर्मा काेइराला

एक्सन खबर
चैत, २४, २०७८


कानुनी मन्त्रीमा अधिवक्ता गोविन्द प्रसाद शर्मा काेइराला

काठमाडौं । अधिवक्ता गोविन्द प्रसाद शर्मा काेइराला कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त मन्त्री बन्दीले दिउँसो २ बजे सिंहदरबार स्थित कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे । साे अवसरमा बाेल्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयको टुंगो लगाउन सर्वोच्च अदालतको दिशानिर्देशअनुसार अगाडि बढ्ने बताएका हुन् ।

‘अन्तरिम संविधानपछिको जुन नयाँ संविधान बनाउँदा केही प्रतिज्ञाहरू भएको थियो, अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी थिए । त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो । त्यसमा धेरै कामहरु भएको छ र कतिपय कामहरु अझै पनि बाँकी छ ।' शर्माले भने ।

अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा हामीले अघि सारेका प्रस्तावनाहरु सबै कुरालाई हेरेर कानुन संशोधन नगरीकन अघि बढ्न सक्ने अवस्था नरहेकाे उनले बताए ।

 बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ । यसअघि कानून मन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्री नियुक्त गरिएको छ।
 













0 प्रतिकृया