Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल, २० देशका लागि राजदुत सिफारिस

एक्सन खबर
चैत, २५, २०७८


टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल, २० देशका लागि राजदुत सिफारिस

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संगीता पहाडी, बुद्धि आचार्य र पौडेलको नाम सिफारिस गरेको थियो ।

यस्तै बिहीबारकै मन्त्रिपरिषद् बैठकले  २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेकाे छ । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

राजदुत सिफारिसमा पर्नेहरूमा बिष्णुपुकार श्रेष्ठ- चीन, बासुदेव मिश्र-श्रीलंका, दानबहादुर तामाङ-दक्षिण अफ्रिका,  शर्मिला पराजुली ढकाल-स्पेन, मिलन तुलाधर-रूस रहेका छन् ।

यसैगरी, डिल्लीराज पौडेल-मलेसिया, शान्ता रिजाल-इजरायल, नवराज सुवेदी-साउदी अरेबिया, घनश्याम भण्डारी-बंगलादेश, दुर्गाबहादुर सुवेदी-जापान, निर्मलराज काफ्ले-ब्राजिल, भरतकुमार रेग्मी-अष्ट्रिया रहेका छन् ।

यस्तै, सुशीलकुमार लम्साल -इजिप्ट, कैलाश पोखरेल-अष्ट्रेलिया, डिल्लीराज पौडेल-कतार, ज्योति प्याकुरेल-दक्षिण कोरिया, रामसुरज राय यादव–डेनमार्करहेका छन् । डोरनाथ अर्याल, हरिशचन्द्र घिमिरे र तिर्थराज वाग्लेकाे देश छुट्याइएकाे छैन ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

 
















0 प्रतिकृया