नेकपा एमालेबाट विराटनगर महानगरमा पाँच जनाकाे नाम सिफारिस
एक्सन खबर
विराटनगर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रमुखमा नाम सिफारिस गरेको छ । शनिबार बसेको एमाले विराटनगर महानगर कमिटिको बैठकले प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो ।
विराटनगर महानगरपालिकाको प्रमुखमा एमालेले रामलाल साह, बावुराम कार्की, सागर थापा, पशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे (दाहाल), अञ्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ ।
सिफारिस गरिएका थापा एमाले विराटनगरको अध्यक्ष, साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य हुन् । उपप्रमुखकाे सिफारिसमा परेकी कार्की महानगरपालिकाकी उपाध्यक्ष, दाहाल प्रदेश सदस्य र उपाध्यय जिल्ला सदस्य रहेकी छिन् ।
एक जनामात्र उम्मेदवार सिफारिस गर्ने योजना अनुसार महानगर कमिटीमा लामो समय छलफल गरि प्रत्यासी उम्मेदवारहरूबीच सहमती जुट्न नसकेपछि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम नै जिल्ला कमिटीमा पठाइएकाेमा अब महानगरको उम्मेदवारीको विषयमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउने छ ।
महानगरपालिकाले तीन वटा वडाको वडाध्यक्षसहित सदस्यहरूको नाम टुंगो लगाएको छ । विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतले टुग्याएको नगर अध्यक्ष थापाले बताए । विराटनगर १० को वडाध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई वडाध्यक्षको उम्मेदवारी बनाउने निर्णय भएकाे छ । न्यौपाने विराटनगर ११ वडाध्यक्ष हुन् । अन्य वडामा केही दिनभित्रमा सर्वसम्मत नामावली टुंग्गो लाग्ने भनिएकाे छ ।
0 प्रतिकृया