Follow us:


Follow us

२७ भदौ २०८३, शनिवार
२७ भदौ २०८३, शनिवार


निर्वाचन चिह्न माग गर्दै दायर रिटमा अन्तरिम आदेशबारे आज छलफल

एक्सन खबर
चैत, २८, २०७८


निर्वाचन चिह्न माग गर्दै दायर रिटमा अन्तरिम आदेशबारे आज छलफल

काठमाडौं . निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो ।

मुद्दाको पक्ष पूर्व डीआईजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् ।

विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् । रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् ।

उनले ९ चैतमा रिट सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै आज अन्तरिम आदेशबारे छलफलमा बोलाएका थिए ।

राष्ट्रिय पार्टी हुन नसकेका पार्टीहरूलाई निर्वाचन आयोगले पार्टीको निर्वाचन चिह्न नदिने प्रष्ट पारेपछि खरेल सर्वोच्च पुगेका हुन् । उनको पार्टी हालै गठन भएको हो । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुने उक्त पार्टीको तयारी छ । तर, संगठन देशव्यापी रूपमा विस्तार भएकै छैन ।













0 प्रतिकृया