नेकपा एमाले अध्यक्ष ओली आज इनरुवा आउँदै
एक्सन खबर
सुनसरी । नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सुनसरीको इनरुवा आउँदैछन् । एमाले जिल्ला कमिटी सुनसरीद्वारा आयोजित जनसभालाई संवोधन गर्न ओली इनरुवा आउन लागेका हुन् ।
एमाले सुनसरीले जनसभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । विहान ११ बजे इनरुवामा विशाल जनसभा गर्न लागिएको छ । एमालेको भातृ संगठन युवा संघ नेपाल तथा अन्य जनवर्गीय संगठनहरुको व्यापक सहभागीतामा हुन गइरहेको जनसभामा ओलीले बैशाख ३० गते घोषित निर्वाचन लक्षित संवोधन गर्ने कार्यक्रम छ ।
पछिल्लो समय एमालेले स्थानीय तहको निर्वाचन केन्द्रीत जनसभाहरु गर्दै आइरहेको छ । मधेशका क्षेत्रहरुमा एमालेको जनाधार कमजोर भएको अवस्थामा ओली केही समययता मधेश केन्द्रीत भएका छन् । एक नम्बर प्रदेश, मधेश प्रदेशमा एमालेले आउँदा निर्वाचनहरुमा बहुमत हासिल गर्ने गरी रणनीति बनाइरहेको छ ।
सुनसरीमा एमालेको विगतको जनाधार कमजोर भएको अवस्थामा ओलीले आगमनले उर्जा थप्ने विस्वास लिइएको छ । त्यसो त सुनसरी एमालेमा ओली पक्षकै नेताहरु विच पानी बाराबारको परिस्थिति रहेकाले ओलीले त्यसलाई सुलह गर्न खोजिरहेका छन् ।
जिल्ला इन्चार्ज रेवतीरमण भण्डारीको कार्यशैलीप्रति चर्को असन्तुष्टी देखिएको छ । जिल्ला अधिवेशनबाट नेतृत्वमा आएकाहरुले पराजित पक्षलाई वाइपास गर्दै आएकोले जिल्लामा अन्तरघात बढ्ने अनुमान छ ।
0 प्रतिकृया