Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेकाे युक्रेन प्रहरीकाे दावी, प्लान्टमा रूसी हमला

एजेन्सी
बैशाख, ३, २०७९


किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेकाे युक्रेन प्रहरीकाे दावी, प्लान्टमा रूसी हमला

किभ । युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् ।

युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ । रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ । पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

२४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।

एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसी हमला

यता, रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा  प्रहार गरेको जनाएको छ । युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज  मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो ।

हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ । रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो ।

युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ । कीभमा आक्रमणलाई तीब्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ । राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।
 













0 प्रतिकृया