Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


कांग्रेस अछामका तीन पालिकाद्वारा सत्ता गठबन्धनको निर्णय अस्वीकार

एक्सन खबर
बैशाख, ४, २०७९


कांग्रेस अछामका तीन पालिकाद्वारा सत्ता गठबन्धनको निर्णय अस्वीकार

कल्पना बोहरा
अछाम । सत्ता गठबन्धनले स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिकाे बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियाे रहेकाे क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसकाे जनाधारकाे कदर हुनेगरी निर्णय लिइएकेा बताए । तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेकाे थिएन  ।













0 प्रतिकृया