Follow us:


Follow us

२७ भदौ २०८३, शनिवार
२७ भदौ २०८३, शनिवार


कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार

एक्सन खबर
बैशाख, १०, २०७९


कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार

धनगढी । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चलेपनि सहमति हुन नसकेको हो ।

शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे पनि माओवादी केन्द्रले उक्त प्रस्ताव अस्वीकार गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञवालीका अनुसार नेपाली कांग्रेसले आफूलाई सात स्थानीय तहको नेतृत्व राखेर माओवादी केन्द्रलाई चार र एकीकृत समाजवादी पार्टीलाई २ स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको छ । तर, माओवादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञवालीले बताए ।

‘हाम्रो जिल्लाको बैठक बसेर ५ स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको छ छ,’ संयोजक ज्ञवालीले भने, ‘चार स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अव सहमति हुने अवस्था पनि देखिँदैन ।’ उनले आइतबार बिहानसम्म पनि छलफल हुने बताए ।

माओवादी केन्द्रले कैलालीका ५ पालिकामा प्रमुख र ६ पालिकामा उप प्रमुख पद माग गरेको छ । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिले सम्म कुनै सहमति नभएको जनाएका छन् । गठबन्धन दलहरूबीच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए ।













0 प्रतिकृया