Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


राजनीतिक योगदानको आधारमा टिकट पाएकाे सिर्जना सिंहकाे दावी

एक्सन खबर
बैशाख, १२, २०७९


राजनीतिक योगदानको आधारमा टिकट पाएकाे सिर्जना सिंहकाे दावी

काठमाडौं । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकाशमानको श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ ।’ महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् ।













0 प्रतिकृया