Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


गठबन्धनभित्र एकअर्कालाई पेलिने व्यवहार छैन : माओवादी केन्द्र

एक्सन खबर
बैशाख, १२, २०७९


गठबन्धनभित्र एकअर्कालाई पेलिने व्यवहार छैन : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादीले सत्तारुढ दलभित्र एकअर्कालाई पेल्ने कार्य नभएको बताएको छ । माओवादी केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनभित्र एकअर्कालाई पेल्ने कार्य नभएको भन्दै कहीँकतै कसले सामान्य अनुभूतिमात्र गरिएको बताए ।

माओवादी केन्द्र र कांग्रेसले गठबन्धनका एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चाले पेल्ने गरेको भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता महराले नियोजित रुपमा कहीँ पनि कुनै पनि एक दलले अर्काे दललाई पेल्ने कार्य नभएको दाबी गरे ।

‘कसैले पेल्ने भन्ने कुरा नै आउँदैन,’ उनले भने, ‘कहीँ माओवादीले पेल्यो भन्नेछ । कतै माओवादी नै पेलानमा पर्‍यो भन्नेछ । यो कसैले सामान्य अनुभूति गरेको कुरा । तर, कहीँ कतै एक पार्टीले अर्काेलाई पेलेको छैन ।’
 













0 प्रतिकृया