Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


शनिबार छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

एक्सन खबर
जेठ, १४, २०७९


शनिबार छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

काठमाडौं, १४ जेठ । शनिबार देशका विभिन्न जिल्लामा पाँच जनाको शव फेला परेको छ । काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापामा गरी पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन्  ।

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मकालु गाउँपालिका–२ का ३६ वर्षीय आङदोर्ची शेर्पा शनिबार मृत अवस्थामा फेला परेका हुन् । सोमबार सेभेन समिट क्लब ट्रेकिङ कम्पनीमार्फत सगरमाथा आरोहण गर्न गएका उनी आरोहण गरी फर्कने क्रममा ८ हजार फिट उचाइमा बेपत्ता भएका थिए ।

उता, नुवाकोटको विदुर नगरपालिका–९ खड्का थोकमा पनि एक युवक मृतावस्थामा भेटिएका छन् । सोही ठाउँ बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका ५ मा पनि एक बृद्ध मृतावस्थामा फेला परेका छन् । बिर्तामोडको सडक छेउमा मोरङ घर भएका अन्दाजी ७० वर्षीय कालिया नामका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर चोकस्थित सडक पेटीमा पनि एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको र उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।













0 प्रतिकृया