Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग

एक्सन खबर
असार, १, २०७९


पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग

पोखरा, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पोखरामा विरोध प्रदर्शन सहित बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत राप्रपाले मागपत्र पठाएको हो ।

दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्था सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राप्रपाको छ ।

कृषकले मल, बिऊविजन नपाउदा समस्या परेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ । शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने राप्रपाको माग छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, देशभरी भत्काइएका शालिकको संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता गम्भीर माग राप्रपाको छ । राप्रपाले प्रत्येक घरमा एकजनालाई रोजगारी दिनुपर्ने आवाज उठाएको छ भने कर खारेजी मागेको छ । सिमा क्षेत्रमा भएका अतिक्रमित भूमी फिर्ता लिन कुटनीतिक पहल गर्नका लागि दवाव समेत दिएको छ ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाए । बुधबार सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध र्याली निकालिएको थियो ।













0 प्रतिकृया