Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


गठबन्धनको बैठक: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

एक्सन खबर
असार, ५, २०७९


गठबन्धनको बैठक: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

काठमाडौं, ५ असार । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे ।

‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’ उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

यस्तै, बैठकमा  नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ । नेकपा एसले तत्काल मन्त्रिपरिषद्‍‌ पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि नेकपा एसले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको सम्मानित नेता खनालले जानकारी दिए ।

‘मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्नेबारेमा हामीले आज कुरा राख्यौं, त्यसबारेमा यसअघि नै हामीले निर्णय पनि गरिसकेका पनि छौँ, यसलाई  तुरुन्तै कार्यान्वयन गर्नुस्, अब हामी पर्खिने अवस्थामा छैनौँ भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौँ,’ बैठकपछि खनालले भने, ‘ उहाँले तपाईंहरूको निर्णयबारे पत्र आइसकेको छ, कार्यान्वयन गर्छु भन्नुभएको छ, हेरम् ।’














0 प्रतिकृया