Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


आज यी प्रदेशहरूका धेरै स्थानमा वर्षाको सम्भावना

एक्सन खबर
असार, १०, २०७९


आज यी प्रदेशहरूका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, १० असार । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

शनिबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सोही दिन प्रदेश १ ,बाग्मती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।













0 प्रतिकृया