Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन : माधब नेपाल

एक्सन खबर
असार, ११, २०७९


पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन :  माधब नेपाल

काठमाडौं, ११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिन नहुने बताएका छन् । केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने नेकपा एमालेको नेतृत्वको हालत जस्तो हुने बताए ।

उनले भने, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन । कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन । जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन । त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ ।’

अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महंगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा रहेकाे नेपालले बताए । ‘हाम्राे विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनु भयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेकोे छ ।’ उनले भने ।

कार्यक्रममा उनले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकता बारे अब प्रश्न नउठ्ने पनि बताए । उनले कथित १० भाईले अझै पनि आफुहरूलाई धारेहात लगाइ रहेकाे बताउँदै उनीहरूको त्यो पार्टीमा कुनै हैसियत नभएको बताए । १० भाइहरू एउटा दासको जस्तो मात्रै रहेको बताए ।

देशलाई अस्थिर राजनीतिबाट जोगायौं

अध्यक्ष नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बचाएको पनि दावी गरे । यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको जिकीर छ । यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको उनकाे दावी छ ।

कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने

नेकपा एकीकृतले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । एकीकृत समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उनले बताए ।

बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने खतिवडाले बताए ।














0 प्रतिकृया