Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ बिहान ११ बजे

एक्सन खबर
असार, १३, २०७९


समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ बिहान ११ बजे

काठमाडौं, १३ असार । एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण सोमबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका पाँच मन्त्री नियुक्त गरेकी थिइन् ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूलाई आज राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराउन लागेकी हुन् । स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई भने प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको सपथ गराउने छन् ।

एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले सोहीअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।













0 प्रतिकृया