Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि

एक्सन खबर
असार, १४, २०७९


एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि

काठमाडौं, १४ असार । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ।

नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् । एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम-लोकतान्त्रिक धार’को रूपमा उनले व्याख्या गरेका छन् ।  













0 प्रतिकृया