Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


नोबेलका डा. शर्माले सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट दश हजार बिरामीले पाए निःशुल्क उपचार

एक्सन खबर
असार, १४, २०७९


नोबेलका डा. शर्माले सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट दश हजार बिरामीले पाए निःशुल्क उपचार

विराटनगर, १४ असार । पूर्वी नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा समर्पित समाजसेवी डा. सुनिल शर्माको नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट लाभ लिने बिरामीहरुको संख्या बढ्दो छ । समाज सेवामा समर्पित डा. शर्माले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट मोरङको बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका १० हजार २ सय ४४ जना बिरामीले निःशुल्क उपचार पाएर लाभान्वित भएका छन् ।

नोबेल शिक्षण अस्पतालका अनुसार ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनको अवधिमा १६२३ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ भने, १७८९ जनाको रगत परीक्षण र १८६३ जनाको भिडियो एक्सरे गरिएको छ । यस्तै, सोहि अवधिमा दाँतमा समस्या भएका २६३ जनाको दाँत समेत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा तत्काल उपचार गर्न सम्भव नभएका ४४६३ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचारार्थ पठाइएका ६९३ जनाको शल्यक्रिया नै गरिएको छ ।

नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले मोरङको क्षेत्र नं.३ मा २६ वटा वडा रहेकोमा एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको बताए । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएर उपचारबाट बञ्चित नागरिकलाई डा. सुनिल शर्माले एम्बुलेन्स क्याम्प नै सञ्चालन गरेर सेवा दिइरहनु भएको छ ।’ उनले भने ।

अस्पतालले गत जेठ पहिलो सातादेखि शनिवारबाहेक हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर बिरामीहरुको स्वास्थ्य जाँच गर्दै निःशुल्क उपचार गर्ने गरेका छन् । ‘एम्बुलेन्स क्याम्प’मा भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने अत्याधुनिक उपकरण सहित दक्ष चिकित्सकहरु हुने गरेका छन् ।

यस्तै, एम्बुलेन्स क्याम्पमा उपचार गर्न नसकिने जटिल प्रकारका विरामीलाई नोबल शिक्षण अस्पतालमा ल्याएर ५० प्रतिशत छुट समेत दिएर उपचार गर्ने ब्यवस्था गरिएको छ भने, विरामीलाई अस्पताल जान र घर फर्कन समेत गाडीको व्यवस्था मिलाइदिएको छ ।

डा. सुनिल शर्माले आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन गाउँगाउँमा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गरिएको बताएका छन् । विपन्न तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले राज्यबाट पनि सहजै स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा निजी क्षेत्रबाट डा. शर्माले गरेको योगदानको नागरिकले प्रशंसा गर्दै आइरहेका छन् ।














0 प्रतिकृया