अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्यायो: गाैतम
एक्सन खबर
काठमाडौं, १४ असार । नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वाेच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्याएको बताएका छन् ।
आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा अध्यक्ष गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसला त्रुटिपूर्ण र हानिकारक साविक भएको बताए । सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पुर्याएको गौतमले बताए ।
नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपाइहरुलाई अवगत नै छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ । साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ । यी तथ्यहरुको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ ।’
आउँदो निर्वाचनमा कांग्रेसको बहुमत
गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताउँदै आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धरायसी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए । आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धरासयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।
कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए ।
यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए । यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।
0 प्रतिकृया