Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


तीनवटा विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामै फिर्ता

एक्सन खबर
असार, १७, २०७९


तीनवटा विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामै फिर्ता

काठमाडौं, १७ असार । राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ ।

उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधिसभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो ।

अब प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइन्छ । प्रतिनिधिसभाको बैठक २० असारमा बोलाइएको छ ।
 













0 प्रतिकृया