Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


लोसपामा ५ सय १ सदस्सीय केन्द्रीय समिति

एक्सन खबर
असार, १८, २०७९


लोसपामा ५ सय १ सदस्सीय केन्द्रीय समिति

काठमाडौं, १८ असार । केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार अपरान्ह बस्ने बैठकमा पार्टीकाे विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयिक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित बिधानलाई पारित गर्नेलगायतका अजेन्डामा बैठकका लागि तय गरिएका छन् । ‘अपरान्ह १ बजे देखि बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने  ।

उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउन दिशामा जानेछ । तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्यीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो बिवरण निर्वाचन आयोगमा पेश गर्दैछ ।

उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखि त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता बिद्येयकलगायतको बिषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रीत हुनेछ ।













0 प्रतिकृया