Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


बुढीगंगा नगरपालिकाको चुनावमा ६६.७५ प्रतिशत मत खस्याे

एक्सन खबर
असार, २३, २०७९


बुढीगंगा नगरपालिकाको चुनावमा ६६.७५ प्रतिशत मत खस्याे

सुर्खेत, २३ असार । स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ ।

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक  जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । 'अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ,’ उनले भने, 'त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिए र पुनः मतदान भएको छ ।'

नगरपालिका १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६.७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।













0 प्रतिकृया