Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


भ्रातृ संस्थाको पूर्णताको माग राख्दै शेखर समूहले देउवामाथि दबाब दिने

एक्सन खबर
असार, २६, २०७९


भ्रातृ संस्थाको पूर्णताको माग राख्दै शेखर समूहले देउवामाथि दबाब दिने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ ।

काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णयमा पुगेको हो ।

यस्तै, कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।

बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।














0 प्रतिकृया