Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

एजेन्सी
असार, २७, २०७९


भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

नयाँ दिल्ली, २७ असार । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।













0 प्रतिकृया