Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


एमालेको श्रम तथा रोजगार विभागको उपप्रमुखमा भगवती चौधरी

एक्सन खबर
असार, २९, २०७९


एमालेको श्रम तथा रोजगार विभागको उपप्रमुखमा भगवती चौधरी

काठमाडौं, २९ असार । नेकपा एमालेले श्रम तथा रोजगार विभाग गठन गरेको छ । पार्टीको अन्तरपार्टी निर्देशन अनुसार डा. बिन्दा पाण्डे प्रमुख तथा भगवती चौधरी उपप्रमुख रहने गरी एमालेले श्रम तथा रोजगार विभाग गठन गरिएको हो ।

नेपालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी पाण्डे नेपालको ट्रेड युनियन आन्दोलन मार्फत कम्युनिस्ट राजनीतिमा लागेकी हुन् ।

राष्ट्रिय महिला आयोगकाे संस्थापक सदस्यका रूपमा काम गरिसकेकी उनी प्रजातन्त्रलाई सुदृढ गर्न महिला अधिकारको प्रवर्द्धन गर्ने अधिवक्ता पनि हुन् । उनी महिला श्रमिक अधिकार, नेपाली श्रम आन्दोलनमा महिला सहभागिता लगायतका विषयमा दख्खल राख्छिन् ।

विभागको उपप्रमुख नेतृ चौधरी सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्छिन् । उनी एमाले सुनसरी जिल्ला सह–इन्चार्ज समेत हुन् । गएको स्थानीय तहको निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिका र बर्जु गाउँपालिकामा नेकपा एमालेलाई ऐतिहासिक जित दिलाउन नेतृ चौधरीले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

नेतृ चौधरीको निर्वाचन क्षेत्र अन्तरगतकै इटहरी उपमहानगरपालिका एमालेले उपमेयरमा जित हासिल गर्दा दुहवी नगरपालिकामा पनि विगतको भन्दा राम्रो मत हासिल गरेको थियो । नेतृ चौधरी महिला अधिकारकर्मी तथा लघुवित्त कर्मी हुन् । लघुवित्त कार्यक्रम मार्फत गाउँगाउँमा रहेका महिलाहरूलाई संगठित गर्दै आर्थिक सशक्तिकरणकाे अभियान चलाइरहेकी छिन् ।

विभागको सचिबमा जनक चौधरी रहेका छन् । भने, सदस्यहरुमा  गुणराम आचार्य काठमाडौं, मिना गुरुङ कास्की, वेलीमैंया घले काठमाडौं, शोभा न्यौपाने भोजपुर, सुनिमाया चेपाङ चितवन रहेका छन् । त्यसैगरी सरोज पोखरेल सुनसरी, नेत्र थनेत नवलपुर, डा. ऋषिकेश पन्थी लमजुुङ, वलराम खत्री काभ्रे, तारानिधि पन्त (रमेश) काभ्रे रहेका छन् ।

एमालेले ३३ वटा केन्द्रीय विभागको विवरण अन्तरपार्टी निर्देशन पठाएको छ । जसअनुसार अर्थ तथा योजना, उद्योग वाण्जिज्य तथा आपुर्ति, उपभोक्ता हित संरक्षरण तथा सुशासन, उर्जा जल श्रोत तथा सिचाईं लगायत रहेका छन् ।    













0 प्रतिकृया