Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


जसपाका ६९ नेता कार्यकर्ताद्वारा सामूहिक राजिनामा (सूचीसहित)

एक्सन खबर
असार, ३२, २०७९


जसपाका ६९ नेता कार्यकर्ताद्वारा सामूहिक राजिनामा (सूचीसहित)

काठमाडौं, ३२ असार । जसपा पार्टीका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्  । उनीहरूले एक विज्ञप्ति जारी गर्दै  लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताकासाथ पदिय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न नसक्ने जनाएका हुन् ।

देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, थारु, पिछडा, सिमांककृत वर्गका समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने जसपा पार्टीको जन्म भएको तर अहिले  पार्टी नेतृत्वमा स्वेच्छाचारीता, र एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्ने, नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टी संगठनात्मक संरचनामा नभई व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको उनीहरूको आरोप छ ।

यस्तै पार्टी देश र जनताको हितमा नभई सिमित आसेपासे, नातेदार र द्रव्यदारहरूको चंगुलमा डुब्दै गएको उनीहरुको आरोप छ । यही कारण आजकै मितिदेखि लागु हुने गरी पार्टीले दिएको जिम्मेवारी त्याग गरी जसपा पार्टीबाटै सामुहिक राजीनामा गरेको उनीहरुको भनाइ छ ।

सामुहिक राजिनामा दिनेहरूमा केन्द्रिय सदस्य, जिल्ला सदस्य, प्रदेश कमिटी सदस्य, क्षेत्रिय अध्यक्ष, जिल्ला सचिव, वडा सदस्य लगायत रहेका छन् ।

 
















0 प्रतिकृया