Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


डा. बाबुराम भट्टराईकाे पार्टीकाे पद गएता पनि सांसद भने कायमै

एक्सन खबर
साउन, १, २०७९


डा. बाबुराम भट्टराईकाे पार्टीकाे पद गएता पनि सांसद भने कायमै

काठमाडौं, १ साउन । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने  जाेगिने भएको हो ।

‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीवाट मुक्त गरिए पनि सांसद पदवाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।

काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमी, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।

तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन्। यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बिषय जानकारी गराउनका लागि यादव पक्षधर सम्भवतः आजै निर्वाचन आयोग जानेछ  ।

 













0 प्रतिकृया