Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनाैं’ इश्वर पाेखरेल

एक्सन खबर
साउन, ३, २०७९


‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनाैं’ इश्वर पाेखरेल

विराटनगर, ३ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृृद्धि, देश बनाउने सपना जागृत गर्ने बिषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् ।

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको बताए । बरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने समेत जनाए ।

‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन,’ उनले भने । स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने उनले बताए । बाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाई थियो । उनले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने दाबी गरे ।  

सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाईं थियो ।  

 
















0 प्रतिकृया