Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


जनताकाे राेजाइ अनुसारकाे विकास गर्न इन्जिनियरहरूकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा

एक्सन खबर
साउन, ३, २०७९


जनताकाे राेजाइ अनुसारकाे विकास गर्न इन्जिनियरहरूकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री देउवा

काठमाडाैं, ३ साउन । देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित कार्यत्रफममा बाेल्दै देउवाले नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियनरहरु थप क्रियाशील हुनुपर्ने जिकीर गरे ।

राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना पुरा गर्नका लागि विश्वको अनुभव तथा रोजाइको परिकल्पना अनुसारको विकास निर्माणमा अग्रणी भूमिका इन्जिनियरहरुको रहने देउवाले जनाए ।

इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्रीले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गरे ।

कार्यक्रममा बाेल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको आधुनिक विकासको खाका कोर्न प्रयत्नशील क्षमतावान र ऊर्जाशील इन्जिनियरको योगदानको प्रशंसा गरे । साथै, देश निर्माणमा याेगदान पुर्रयाउन अनुराेध पनि गरे ।

नेपाललाई विकासशील राष्ट्रको तहमा पुर्‍याउनका लागि दिगो संरचनाको निर्माण अनिवार्य रहेको उल्लेख गर्दै उनले यसका लागि सरकारी तथा निजी क्षेत्रका इन्जिनियरको उच्च लगनशीलता तथा सहभागिता आवश्यक रहेको जिकीर गरे ।

दिगो पूर्वाधार निर्माण कार्यमा गुणस्तरका विषयमा केही कुरा उठ्ने गरेको जनाउँदै त्यसको निरुपण गर्ने दायित्व पनि इन्जिनियर र त्यससँग सम्बद्ध संस्थाको हुने चर्चा गरे ।

एशोसिएशनका अध्यक्ष डा. हरिबहादुर दर्लामीले आम नागरिकमा रहेको विकासप्रतिको चाहनालाई मूर्तरुप दिने इन्जिनियर/आर्किटेक्टको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै जनताको आवश्यकतालाई सम्बोधन गर्न यस पेशामा कार्यरतहरुको समस्यालाई पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न विधामा इन्जिनियरहरूलाई प्रधानमन्त्री देउवाले सम्मान समेत गरेका थिए । 




















0 प्रतिकृया