इन्टर मियामीको पोस्टमा बार्सिलोनाको शानदार जीत
एक्सन खबर
काठमाडौं, ४ साउन । प्री-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दबाबमा राखेको थियो ।
बार्सिलोनाको जितमा पीएरे इम्रीक औबामेयाङ, डेब्यु गरेका राफिन्हा, अन्सु फाती, गाबी , मेम्फिस डिपाए र औसमान डेम्बेलेले एक एक गोल गरे ।
अब बार्सिलोनाले अमेरिका भ्रमणमा सहरी प्रतिद्वन्द्वि रियल मड्रीड र युभेन्ट्ससँग प्रतिस्पर्धा गर्ने तालीका रहेको छ । रियलसँगकाे प्रतिष्पर्धामा ब्रार्यन म्युनिखबाट ट्रान्सफर भएका रोबर्ट लेवान्डोस्की पनि मैदानमा उत्रने बताइएकाे छ ।
0 प्रतिकृया